No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इलोन मस्ककी छोरीले बुवासँग नाता तोड्दै

0

अमेरिकी अर्बपति इलोन मस्ककी पारलैङ्गिक छोरीले कानुनी रूपमा आफ्नो नाम र लिङ्ग परिवर्तन गर्न निवेदन दिएकी छन् । मस्ककी १८ वर्षीया पारलैङ्गिक छोरीले महिलाको रूपमा आफ्नो पहिचान कायम गर्न र नाम भिभिआन जेना विल्सन राख्न आग्रह गरेकी छन् । अहिलेको उनको नाम जेभिएर एलेक्सान्डर मस्क हो ।

नाम परिवर्तन र नयाँ जन्मदर्ताका लागि उनले सान्टा मोनिकास्थित लस एन्जलस अदालतमा निवेदन दिएको बताइएको छ । उनको अदालतमा अप्रिलमै निवेदन दिएको भए पनि त्यो दस्तावेज अहिले मात्रै सार्वजनिक भएको हो । मस्क र उनकी पारलैङ्गिक छोरीबीच देखिने गरी कुनै विवाद रहेकोबारे विस्तृत विवरण बाहिर आएको छैन ।

टेस्ला र स्पेसएक्स कम्पनीका मालिक मस्कले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । मस्क र भिभिआनकी आमा क्यानडियाली लेखक जस्टिन विल्सनबीच सन् २००० देखि २००८ सम्म वैवाहिक सम्बन्ध थियो । सन् २००८ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो । उनीहरूको पहिलो छोरा नेभादा सन् २००२ मा जन्मिएको थियो। तर १० हप्तामै उनको मृत्यु भयो ।

त्यसपछि उनीहरूले जुम्ल्याहा छोरा जेभिएर र ग्रिफिन पाए। जुम्ल्याहापछि तिम्ल्याहा छोरा पनि पाए । तीबाहेक मस्कका अरू दुई सन्तान पनि छन्। मस्क प्रसिद्ध भए पनि उनका सन्तानहरू खासै चर्चामा आउन नचाहने खालका छन् तेस्रोलिङ्गीका विषयमा मस्क प्रखर रूपमा बोल्दै आएका छन् र कैयौँ विवादमा उनलाई तेस्रोलिङ्गी विरोधीका रूपमा चित्रण गरिएको छ ।

प्रकाशित: ८ असार २०७९, बुधबार ०६:२९

Leave a Reply