No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीरगंज महानगरले नगरवासीलाई १० हजार बोरा युरिया मल उपलब्ध गराउने

0

वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ ।

यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशीक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानका माग अनुसारको मल मल उपलब्ध गराउन समन्वय गरेका थिए ।

किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल सोमबार नियन्त्रणमा लिएका थिए । सहमति पछि ती मल वीरगञ्ज महानगरलाई बुझाइएको थियो ।

 

 

 

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार ०३:४२

Leave a Reply