No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भीमफेदीमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुग्यो

0

मकवानपुर । मकवानपुरको भीमफेदीमा बिहीबार दिउँसो भएको सवारी दुर्घटना परी मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा भएको दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेहरुमा तीन जना महिला, दुई जना पुरुष र दुई जना बालकालिका रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिइन् । दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न सकेको छैन ।

काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रु बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । प्रहरी निरीक्षक कार्कीका अनुसार बसमा ३५ जना सवार थिए । अन्य घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पतालतर्फ ल्याइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमको टोली पुगेको छ ।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार १०:५५

Leave a Reply