No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भृकुटीमण्डपमा नाडा इभी अटो प्रदर्शनी

0

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताएका छन् ।

बिहीबारदेखि भृकुटीमण्डपमा शुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताए ।

उनले भने, “जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन । यहाँ समस्या छ । यो समस्या हल गर्नुपर्छ ।”

उनले बिना लगानी सहजै रूपमा ब्याज आउँछ भने किन उत्पादनमा लगाउने ? भन्ने प्रवृत्तिको विकास हुन जाने भएकाले त्यसको निराकरणका लागि मन्त्रालयले पहल गरिरहेको उल्लेख गरे ।

उनले पछिल्ला दिनमा देखिएको यस्ता समस्याको निरुपणका लागि गम्भीर किसिमको निष्कर्ष निकालिने र केही न केही हल आवश्यक रहेको स्पष्ट पारे । उनले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने र सबैले जिम्मेवारी लिने हो भने यस्ता समस्याहरु हल हुने विश्वास व्यक्त गरे ।

उनले अबको समय भनेको ग्रिन हाइड्रोजनको भएकाले हामीले पनि त्यतातिर जानुपर्ने बताए । अर्थमन्त्री शर्माले जुनसुकै चुनौती आए पनि हामी आफैँ बाच्न सक्छौँ र थेग्न सक्छौँ भन्ने स्तरमा मुलुकलाई पुर्याउनुपर्नेमा जोड दिए ।

प्रदर्शनीमा ९ वटा ब्राण्डका विद्युतीय कार र १६ वटा ब्राण्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका छन् । धेरैजसो कम्पनीहरुले नयाँ स्कुटर तथा बाइकहरु मात्र सार्वजनिक गर्ने योजना बनाएका छन् ।

स्टल निर्माण तथा बुकिङको लागि कम्पनीहरुले २० लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च गरेका छन् । इभी सवारी स्टल राख्ने कम्पनीले नेक्सन इभीमा बिक्रीमा आकर्षक योजना ल्याएका छन् । प्रदर्शनी आइतबार चल्नेछ ।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार १५:२०

Leave a Reply