No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डेंगुबाट २९ जनाको मृत्यु, करिव २३ हजारलाई संक्रमण

0

काठमाडौं । नेपालमा हालसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट हालसम्म २९ जनाको मृत्यु भएको हो । साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ ।

जसअन्तर्गत् प्रदेश १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७ हजार ७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८ सय २१, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु फैलाउने लामखुट्टेको आफ्नै विशेषता छ। सफा र स्थिर पानीमा वासस्थान हुन्छ। अन्य लामखुट्टे फोहरमा बसे पनि एडेस एजेप्टी र एडेस एल्बोपिक्टससवारी साधनका टायर, गमला, एयर कन्डिसनर, कुलरमा जम्मा भएको पानीमा बस्ने गर्छ।

 

प्रकाशित: ८ आश्विन २०७९, शनिबार १२:१७

Leave a Reply