No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अष्ट्रेलियाको एडिलेड शहरमा नेपथ्यको भब्य कन्सर्ट

0

काठमाडौं । अष्ट्रेलियामा जारी नेपथ्यको दोश्रो कन्सर्ट शनिबार सम्पन्न भएको छ। शनिबार राति अष्ट्रेलियाको एडिलेड शहरमा भएको सांगीति प्रस्तुतीमा त्यहाँ रहेका दर्शकले नाँचेर साथ दिएका छन् ।

कार्यक्रम एडिलेड शहरको हिण्डले म्यूजिक हलमा भएको थियो । ब्याण्डको यस अघिको कन्सर्टपनि यो शहरको सोही हलमा सम्पन्न भएको थियो। कन्सर्ट आयोजक गगन गिरीले यसपटकको शो एडिलेडमा आजसम्मकै सबैभन्दा ब्यापक र व्यवस्थित बनेको बताएका छन्।

एडिलेड सहरमा चौथोपटक प्रस्तुत दिएको नेपथ्यले हिण्डले हलमा भने तीन वर्षको अन्तरालपछि यो दोश्रोपटक आफूलाई उभ्याएको थियो । कार्यक्रमको प्रारम्भमै ब्याण्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो ।

त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊन’ हुँदै ‘लामपाते सुरती’ दगायतका गीत प्रस्तुत गरिएको थियो । एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ । ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरु घन्काउनेछ ।

ब्रिसबेनपछि फेबु्रअरी ३ तारिखका दिन केन्द्रिय राजधानी क्यानबेरा, ५ तारिख पर्थ, १० तारिख सिड्नी, १३ तारिख मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ तारिखका दिन होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्याण्ड स्वदेश फर्किनेछ ।

 

प्रकाशित: १५ माघ २०७९, आईतवार ०३:२६

Leave a Reply