No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चितवन–२ मा एमालेल रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने

0

चितवन । वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन–२ मा नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

क्षेत्रीय समिति र जिल्ला समितिले न्यौपानेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला पूर्वअध्यक्ष तथा चितवन–२ का पूर्वसांसद कृष्णभक्त पोखरेले जानकारी दिए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा परेर अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १३:४८

Leave a Reply