No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘गाह्रो छ’मा रियाशा र भटभटेको रोमान्स

0

काठमाडौं । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बेगम नेपालीको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’ फिचर्ड छन् । रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ । रियाशा र बेगम टेलिफिल्म ‘गाह्रो छ हो’मा रुचाइएका जोडी हुन् ।

भिडियो बेगम फिल्मस्को व्यानरमा निर्माण गरिएको हो भिडियोको छायांकन कुलेखानीमा गरिएको छ । काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन र कलर, अजय रेग्मीको छायांकन, प्रशान्त मगरको सहायक निर्देशन रहेको छ । भिडियो भटभटे माइला युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार १२:०३

Leave a Reply