गेग्रोरियन क्यालेण्डर अनुसार सुरु सन २०२५ को आरम्भमै वलिउडको शहर भारतको मुम्वई धार्मिक अनुष्ठानका कार्यक्रममा व्यस्त हुने भएको छ । मुम्वईमा यही जनवरी १४ देखि २३ सम्म १० दिने विशेष कोटी होम आयोजना हुने भएको छ । १० दिवसीय विशेष कोटीहोमको तयारीले अहिले मुम्वई शहर जगमगाउदैछ भने सनातन हिन्दु धर्मावलम्विहरुको विशेष जमघट बढ्न थालेको छ ।
ख्यातीप्राप्त परमपूज्य गुरु श्री श्री १००८ कालीवावाको प्रमुख नेतृत्वमा मुम्वईमा १० दिने विशेष कोटीहोम आयोजना हुन लागेको हो । श्री दश महाविद्या विष्णु शहस्त्र कोटी होम हवनको आयोजना देहमी माता ट्रष्ट कलकत्ताले गरेको हो । यस विशेष हवन कार्यक्रमको संयोजकमा शिवाई सेवा संघ मुम्वई रहेको छ । श्री दश महाविद्या विष्णु शहस्त्र कोटी होम हवनको लागि भूमि पूजन कार्यक्रम गत नोभेम्वर २० मा सम्पन्न भैसकेको छ ।
श्री दश महाविद्या विष्णु शहस्त्र कोटी होम हवन कार्यक्रममा शिव सेना नेपालमा अन्र्तराष्ट्रिय सम्पर्क प्रमुख अशोकसिंह नेपालीले विशेष अगुवाई र समन्वयको काम गरिहनु भएको छ । कार्यक्रम सफल बनाउन उहाँले मुम्वई लगायत भारत, नेपाल र विश्वभर छरिएर हेका सबैमा विशेष अपिल पनि गर्नु भएको छ ।
देहमी माता ट्रष्ट कोलकत्ताको आयोजना, शिवाई संघ मुम्वईको संयोजन र कालिवावाको अगुवाईमा हुन लागेको श्री दश महाविद्या विष्णु शहस्त्र कोटी होम हवन कार्यक्रमले समस्त भारतीय र विशवभर छरिएर रहेका सनतान हिन्दु धर्मावलम्वीहरु वीच नयाँ उर्जा र जागरण भर्ने विश्वास आयोजकले व्यक्त गरेका छन ।



