+

राष्ट्र संघ र विदेशी दूतावासहरूको मौनता

१९ चैत्र २०८१, बुधबार ०६:५३
सुरेश प्रसाद आचार्य ।
चैत्र १५ गते शुक्रबार काठमाडौको तीनकुने क्षेत्रमा भएको राजतन्त्र पक्षधर प्रदर्शनका क्रममा प्रहरीबाट कति arms and ammunition प्रयोग भयो?
प्रहरी सूत्रले ४५ सय राजावादीलाई नियन्त्रण गर्न ३५ सय जनपथ र सशस्त्र प्रहरी परीचालन गरिएको कुरा सार्वजनिक भइरहेको छ ! पछि ५ ट्रक सेना समेत ३ वटा बख्तरबन्ध गाडी सहित खटाइएको थियो ! एक ट्रकमा २० जनाको दरले करिब १ सय सैनिक अनुहारमा ध्वाँसो दलेर हतियार सहित खटिएका थिए ।
रातोपाटीले लेख्छ, “जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार तीनकुनेमा ६० राउन्ड गोली चलेको छ । तीमध्ये दुई राउन्ड पेस्तोलबाट र ५८ राउन्ड राइफलबाट फायर भएको थियो ।
भिड नियन्त्रणमा लिन प्रहरीले ७ सय ४६ थान अश्रुग्यास फायर गरेको भेटिएको छ ।
सुरक्षाकर्मीले ब्ल्यांक राउन्ड १९२ थान प्रहार गरेका छन् । यसैगरी सटगनबाट प्रहार गरिने २ सय ३९ राउन्ड कार्टिज खर्च भएको प्रहरीले जनाएको छ । कार्टिजबाट छर्रा प्रहार गरेर भिड नियन्त्रण गरिन्छ ।”
शुक्रबार चैत्र १५ गते ३ घण्टाको अवधिमा जति बढी arms and ammunition जनताका विरूद्ध प्रयोग गरियो, त्यो भन्दा निक्कै कम मात्रै २००५/०६ को सातदल र माओवादी सहितको १९ दिनको आन्दोलनमा प्रयोग भएको थियो !
तापनि २००६ अप्रिल २० का दिन संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले सुरक्षा कर्मचारीद्वारा जनताविरूद्ध निर्ममतापूर्वक बल चलाएको भन्दै तत्कालिन राजाको सरकारविरूद्ध खेद व्यक्त गरेको रहेछ !
यस पटक भने संयुक्त राष्ट्र संघ र कूटनीतिक नियोगहरू मौन छन् ! सडकमा हिडिरहेको सविन महर्जनको एक्कासी गोली लागेर मृत्यु भयो भने २४ र २२ वर्षे खत्री दाजु-बहिनीलाई गोली हानेको कुरा सरकारले लुकाउॅदा पनि मानव अधिकार हनन् बारे राष्ट्रसंघको मौनता झनै गम्भीर छ ! के अब राज्यआतंक वा हिंसाजन्य कार्यलाई राष्ट्र संघले मान्यता प्रदान गरेको हो त? होइन भने, किन ऊ प्रतिकृयाविहीन रह्यो ?
(स्रोत आचार्यको फेसवुक)
May be an image of 5 people and text