रवि भण्डारी ।
गणतन्त्र व्यवस्था देशमा लादिईनुको मुख्य कारण नै भोका नाङ्गा राजनितीक नेताले देशको ढुकुटीमा धावा बोलेर ब्रम्ह लुट गर्नु नै हो। बिभीन्न तन्त्रको नाममा आज सम्म नै त्यहि पुरानो नेताको हावी देखिन्छ, तन्त्र बिफल तर नेता जहिले सफल हुनू बिश्वको नवौं आश्चर्य नै हो। यो देशको सर्व प्रथम महिला मन्त्री को रूपमा द्वारिका देवी ठकुरी को नाम आउँछ।
त्यसपछि यो देशले पहिलो महिला उपप्रधानमन्त्री मन्त्री को रूपमा शैलजा आचार्य लाई स्विकार्यो। पहिलो मुख्य न्यायाधीश बन्न सुशिला कार्की सफल भईन भने राष्ट्रपतिको रूपमा बिध्या देवी भण्डारी। महिला सशक्तिकरणको आवाज सँगै महिलाहरु पनि देशको उच्च पदमा पुग्न सके। बिडम्वना! आजको दिनमा देशले गभर्नर पाउन सकेको छैन। नेताहरू को नैतिक धरातल खस्कि सकेको अबस्था छ। देशले चौबिस घण्टा भित्रै गभर्नर नियुक्त गर्न पर्ने बाध्य भएपनि देशको शिर्ष नेताको भागबन्डाले गर्दा आजको दिन सम्म गभर्नर नियुक्तिलाई हेलचक्राइँ गरेको अबस्था छ।
एक महिना अगाडि महा प्रसाद अधिकारी गभर्नरबाट बिदा लिएर बसेको अबस्थामा डेप्युटी गभर्नर डा. श्री निलम ढुङ्गाना का.मु. गभर्नरको रूपमा कार्यरत छिन्। केहि महिना अगाडि दिनेश कुमार थपलियाको पनि म्याद अबधि सिद्धिएर बिदा बसिसकेको अबस्थामा प्रमुख निर्वाचन आयुक्तको स्थान रिक्त रहेको अबस्था छ।
एमालेको भागमा निर्वाचन आयुक्त परेकोले र राष्ट्र बैंकको गभर्नर काँग्रेसको भागमा परेको तथा अन्य संबैधानिक निकायको रिक्त स्थान एकैचोटी सोलोडोलो मा नियुक्त दिनको लागि प्रक्रिया ढिलाई हुन गएको छ। यसको प्रमुख कारण धेरै व्यक्तिको रिक्त स्थानमा आकांक्षा हुनू नै हो। गभर्नर को लागि उमेर हद म्याद मुद्धा सर्वोच्चमा विचाराधीन छ। यो मुद्धा फैसला नभएको अबस्था छ, यो फैसलाले कुनै असर नगरेता पनि अन्यौल चाहिँ बनाईरहेको छ। यहाँ आकांक्षा मात्रै भएर हुँदैन ब्रिफकेश कसले गरूङ्गो बोक्न सक्छ भन्नेमा ध्यान पुराउन जरूरी छ।
फेरि देउवा बैङ्ककमा ईण्डियन एजेन्सीसँग समसामायिक नेपाली राजनीति बारे रोटी सेक्न गएपछि प्रकृया अघि बढेको थिएन। डा. नीलमकै कारण गभर्नर नियुक्ति प्रक्रियामा ढिलाई पुगेको कतिपय विश्लेषकहरुको बुझाई पनि छ। देउवा को दोस्रो च्वाईसको रूपमा रहेका राष्ट्र बैंकका निर्देशक गुणाखर भट्टको राजीनामा स्वीकृत नगरेका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको शेरबहादुर देउवाले तिक्तता पोखिसकेका छन्। तर सेयर बजारका दलालहरूको भनाई बुझ्ने हो भने पुर्व अर्थमन्त्री डा. प्रकाश महतका आर्थिक सल्लाहकार रहेका गुणाकार भए सेयर बजार नराम्ररी पछारिने छ।
प्रथम महिला डेपुटी गभर्नर बन्न सफल डा. ढुङ्गाना १८औँ गभर्नरको लाईनमा देखिएकि छिन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को ऐन अनुरूप गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा मौद्रिक, बैंकिङ, वित्तीय, आर्थिक, वाणिज्य, निजी बैङ्कका सिईओ, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नर मध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रि परिषदमा सिफारिस गर्नुपर्ने छ। देशको अर्थतन्त्र नै धरासायी हुने किसिमले राजनीतिक भागबन्डा हुनू नै देशको लागि दुर्भाग्य हो भन्ने भागवण्डा द्वारा एमाले कोटाबाट नियुक्ति पाएका राष्ट्र बैंकको पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको भनाई छ।
हुन त जति पैसा खाएपनि हजम नहुने भ्रष्ट नेताको कारण देशको अर्थतन्त्र त के देश नै धरासायी हुने अवस्थाबाट गुज्रिरहेको छ। आज पचास करोडको गवर्नरको खेल दुई अरबमा पुगिसकेको छ भन्ने व्यापक चर्चा छ। प्रधानमन्त्री केपी ओलीको आफ्नै पाराले गर्दा पनि गभर्नर को खेल लम्बिएको बिश्लेषकको भनाई छ। देउवा जी! जति अरव नै खर्च गरेता पनि अन्तत्वगत्वा व्यबस्था ढलेपछि सम्पूर्ण संबैधानिक निकायको नियुक्ति पनि सँगसँगै घाटमा पुग्ने भएकाले कतिपय बिचौलियाहरू गभर्नर लाई लगानी गर्न डराईरहेको अबस्थाले पनि भ्रष्ट नेताहरू अलमल्ल परिरहेको छन्।
कुनै खेला बिना डेपुटी गभर्नर को रूपमा कार्यरत डा. निलम ढुङ्गाना लाई नै गभर्नर सुम्पिईदिए हाईसञ्चो नै हुने र देशले प्रथम महिला गभर्नरको रूपमा पाउने तथा कालो धब्बा लागेको नेताहरू कलङ्कित हुनबाट बच्ने भन्दै बिश्लेषण हुन थालेको छ। जे होस्! देशलाई जताततै बाट बन्दि बनाएर राख्न सट्टा, देशको आर्थिक अबस्था जर्जर हुनबाट बचाउन पनि गभर्नर नियुक्तिले चाँडै मुक्ति पाओस् भन्ने व्यापारी बर्ग तथा आम जनताको बुझाई छ।


