काठमाडौं । टप एण्ड टि–२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । सोमबार भएको तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो ।


