काठमाण्डौं । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको चौथो एनीए लिगको पहिलो दिन सिनियर महिला ४६ केजि मुनी एनबिएफएकी सुप्रिमा बजगाईंले फाइनलमा बिनिमाया मोक्तानलाई हराउँदै स्वर्ण पक्का गरेकी हुन्।
पुम्से र ग्योरोगी विधा सम्मिलित एनटिए लिगको चौथो संस्करण बिहीवारदेखि ललितपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सरकार समर्थित नेपाल ओलम्पिक कमिटी तदर्थ कमिटिीका अध्यक्ष ध्रुव बहादुर प्रधानले गरेका थिए । उद्घाटन समारोहका प्रमुख अतिथि खेलकुदमन्त्री तेजुलाल चौधरी रहेका थिए ।
चार दिनसम्म चल्ने प्रतियोगितामा देशभरीका १ हजार ४ सय ९५ खेलाडीको सहभागिता रहेको छ । नेपाल तेक्वान्दो संघ (एनटिए) को आयोजनामा भदौ १२ देखि १५ गतेसम्म पुम्से र ग्योरोगी विधा सम्मिलित एनटिएको चौथो संस्करणको उदघाटन एक भव्य समारोहका वीच गरिएको थियो । आयोजक संघका अनुसार यो वर्षको लिग ऐतिहासिक रूपमा सबैभन्दा ठूलो सहभागिताका साथ सुरु भएको छ ।
यो प्रतियोगिता चार दिनसम्म सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय प्रशिक्षण हलमा सहभागि खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन ।संघका उपाध्यक्ष एवं प्रतियोगिता आयोजना समितिका संयोजक भानबहादुर चन्दले यस किसिमका प्रतिस्पर्धाले जुनियर खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यस प्रतियोगितामा फाइटतर्फ चिल्ड्रेन (१२ वर्षमुनि), क्याडेट १४ वर्षमुनि, जुनियर (१४–१७ वर्ष) र सिनियरमा प्रतिस्पर्धा हुदैछ ।
जुनियर र सिनियरमा महिला र पुरुष दुवैमा समान ८ तौलसमूह र क्याडेटमा समान पाँच तौलसमूहमा प्रतिस्पर्धा हुदैछ । पुम्सेमा ३८ र फाइटमा ३४ गरी कुल ७२ स्वर्ण पदकका लागि ५४५ महिला तथा ९५० पुरुष गरी कुल एक हजार ४९५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिता लिग चरणमा सञ्चालन भैरहेको आयोजकले जनाएको छ।
नव उदीयमान र प्रतिभाशाली खेलाडी पहिचान गरी आगामी दिनमा अन्ताराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै देशका लागि उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित नियमित रूपमा यो प्रतियोगिता आयोजना गरिएको संघले उल्लेख गरेको छ।
प्रतियोगितामा कुल ४० जना निर्णायकले प्रतियोगिता सञ्चालन गरिरहेका छन । यस प्रतियोगिताले राष्ट्रिय टिमका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने अवसर मिल्ने संघका उपाध्यक्ष चन्दले जानकारी दिए।
यस्तो छः पहिलो दिनको खेलको अन्तिम नतिजाः

प्रतियोगिता उद्घाटन समारोह तथा प्रतियोगिताको झलकः



