+

देउवाले बोलाए पदाधिकारी बैठक

२२ आश्विन २०८२, बुधबार १३:३०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले बिहीबार (भोलि) दिउँसो १ बजे ललितपुरमा बस्नेगरी पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक ललितपुरको कुन ठाउँमा बस्ने भन्ने खुलाइएको छैन । आगामी असोज २६ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । उक्त केन्द्रीय समितिको बैठकअघि एजेण्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो ।