+

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२३ आश्विन २०८२, बिहीबार ०१:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा कामय गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा तोकिएको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुयैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८० पैसा ताकिएको छ।