+

केपी ओली र आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको खुल्ला चुनौती

२२ आश्विन २०८२, बुधबार १३:४७

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारलाई आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन खुल्ला चूनौती दिएका छन् । जेन–जी आन्दोलनको क्रममा दमन गरेको भनेर प्रहरीमा केपी ओलीविरुद्ध जाहेरी परेको बेलामा बस्नेतको यस्तो चूनौति आएको हो ।

आज (बुधबार) पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले आफ्नो अध्यक्ष ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चूनौति दिएका हुन् । ओली राष्ट्रियताको पक्षमा दरिलोसँग उभिएको पनि उनले स्मरण गराए । उनले ओली दोषी हो भने समातेर देखाउन पनि चूनौति दिएका हुन् । उनले भने,‘यो धर्तीमा केपी ओली, एमाले र महेश बस्नेत जिउँदै छ ।’