काठमाडौँ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।
यस्तै माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गर्ने, सचिव नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने, सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानानी र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्नेलगायतका निर्णय भएको खरेलले जानकारी दिए ।




