राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ ।
सभापति रवि लामिछाने जेलमुक्त भएको तेस्रो दिन आइतबार केन्द्रीय कमिटि बैठक बोलाएका हुन् । बैठक अपराह्न चार बजेका लागि बोलाइएको छ । बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले बताए ।
सभापति लामिछानेलाई प्रहरीले गत वर्षको चैत २२ गते पक्राउ गरेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।


