+

एनआरएनएले माग्यो मन्त्री गुप्तासँग माफी

२६ पुष २०८२, शनिबार ०४:२५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग माफी मागेको छ । राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी अमेरिका) का तर्फबाट हालै सार्वजनिक भएका दुई फरक विज्ञप्तिहरूका कारण मन्त्रीको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी विषयमा भ्रम सिर्जना भएको भन्दै एनआरएनएले माफी मागेको हो ।

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष डा.बद्री केसीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित सरकारी निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता, भ्रम वा अपूरणीय क्षतिप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ।’