खासमा उनी होलटाइमर कमरेड हुन । त्यसैले उनको दिन बित्छ, पार्टी मुख्यालयमा नै प्रायः । झन फागुन २१ मा हुने आम चुनावमा उनलाई पार्टीले समानुपातिक तर्फको उमेद्धवार बनाएपछि त उनले सबै समय र शक्ति आम चुनावमा आफूसहित पार्टीका सबै उमेद्धवारको विजयका लागि केन्द्रीत गरेका छन । कहिले पार्टीको केन्द्रीय मुख्यालयमा, कहिले कार्यकत्र्ताहरुसंगको सामुहिक भेटघाट तथ छलफलमा त, कहिले भूगोलका कार्यक्रममा जनताको मन, विचार र मत सुन्दैमा समय बित्छ उनको ।
उनको दैनिकीमा चुनावी चटारोले केही व्यस्तता थपेको छ, केही चुनौति पनि । चुनौति यस मानेमा की उनले समानुपातिक उमेद्धवारका रुपमा पार्टीका पक्षमा अपार जनमत बटुल्न अहोरात्र खट्नु परेको छ । प्रत्यक्ष तर्फका उम्मेद्धवारलाई पनि सघाउनु परेको छ । पार्टीले पाउने समानुपातिक भोटको संख्या र ग्राफ ह्वात्तै बढाउनु परेको छ । त्यसैले, उनले सधै, सबै समय र उर्जा चुनाव केन्द्रीत पार्टी गतिविधि, चुनावी प्रचार कार्यक्रममा नै समर्पित गरेका छन ।
उनी अर्थात नेपाली कम्युनिष्ट पार्टी नेकपाका समानुपातिक उमेद्धवार ईन्जिनियर महेन्द्र बहादुर कार्की अहिले आफ् भन्दा माथि पार्टी र पार्टीका उम्मेद्धवारहरुको स्वर्णिम विजयको गाथा बुन्नमा मस्त, व्यस्त छन । उनको जीवको अर्जुनदृष्टि नेकपालाई फागुन २१ को आम चुनावमा पार्टीलाई पहिलो दल बनाउनेमा नै केन्द्रित छ । पार्टीलाई जनादेशबाट नयाँ संसदमा पहिलो दल बनाउन र पार्टीकै सरकार निर्माणका खातिर दिनरात नभनी, भोकनिन्द्रा नभनी लागिरहेका अनवरत राजनीतिक योद्धा बनेका छन ।
हो, आम चुनाव सोचे जस्तो सहज छैन । पार्टीका पक्षमा भएको पुरानो जनमत जोगाउनु र बदलिएको परिवेशमा नयाँ जनविश्वास थप्नु कम्ता चुनौतिको काम छैन । तर, चुनौतिलाई अवसरमा बदल्न, अप्ठ्यारालाई सहजतामा बदल्न, प्रतिकुलतालाई अनुकुलतामा ढाल्न र जसरी पनि पार्टी चुनावी महासंग्राममा अग्रणी बनाउन ईन्जिनियर कार्की मन, वचन र कर्मले खरो उत्रिएका छन । आफ्नो ६ दशक लामो राजनीतिक अनुभव र जेनजी आन्दोलनको नयाँ पुस्ता खोज्ने। रोज्ने चाहानालाई पुरा गर्न उनले नेकपाको तारा चिन्हवाहक उमेद्धवारलाई सधै हातमा हात र साथमा साथ दिदै आएका छन ।
बेदाग छबी नै नेकपाका समानुपातिक उमेद्धवार ईन्जिनियर कार्कीको सबैभन्दा ठूलो पूंजि र योग्यता हो, जनताको मन र मत जित्न । उनले जनताको मत लिन लामो राजनीतिक आरोह अवरोहको अनुभवका साथ होसका साथ नयाँ जोश र जाँगर भरेका छन । जीवनभर मिष्टर क्लीन रहेका ईन्जिनियर कार्की आफू जति व्ल्याक एण्ड ह्वाईट छन, आफ्नो जीतप्रति उत्तिकै आशावादी छन । विक्रम संवत ५० को मध्य दशकमा तत्कालिन मालेको चुनाव चिन्ह ताराबाट एक पट्क जनमतमा परीक्षित हुन प्रत्यक्ष चुनावी समरका होमिएका कार्की यस पट्कको चुनावमा पनि तारा चुनाव चिन्हवाहक समानुपातिक उमेद्धवार हुनु पनि एक संयोग नै हो ।
यस पट्कको आम चुनाव संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षपाती र विराधी वीचको संग्राम हो । यसमा नेकपालाई श्रेष्ठ बनाउने दृढ अठोट र संकल्प छ कार्कीको । नयाँका नाममा जेलेन्सकीहरुको जन्माउने प्रपञ्च विरुद्ध जनतालाई सचेत गराएर यो व्यवस्था र संविधानको जन्मदाता पार्टी सुप्रिमो प्रचण्डको सपना पुरा गर्न दत्तचित्त छन, समानुपातिक उमेद्धवार कार्की । पार्टीको जीतमा नै आफ्नो हित देख्ने कार्की देशैभरका उमेद्धवारका लागि प्रेरणा र हौसला पात्र पनि हुन ।
जनादेशमा हालसम्म अपरीक्षित कार्कीको दशकौं लामो वाम रुझानको राजनीतिक अनुभव र समर्पणले नयाँ पुस्ताका भ्रष्टाचार विरोधी सत्ता र सरकारको खोजीको सपना पुरा गर्ने कसम खाएको छ । पुखौंली सम्पत्ति र आफ्नो अब्बल व्यवसायिक ईन्जिनियरिंग करिअरले कार्कीलाई न सम्पत्ति कमाउने मोह छ, न संसदमा गएर कमाउधन्दा गर्नुपर्ने वाध्यता छ । उनलाई केवल जनताको सेवा गर्नु छ । पार्टीको शुसासन र भ्रष्टाचार विरोधी जेहादीमा सारथि बन्नु छ । देशलाई सम्वृद्धि र विकासको बाटोमा अघि बढाउनु छ । त्यसैले कार्की फागुन २१ के आम चुनावमा मतदाताले छान्नै पर्ने, भोट दिनै पर्ने काविल उमेद्धवार हुन । उनी विजयका हकदार हुन । जनताको रोजाईका अब्बल उमेद्धवार हुन ।


