ऋषिकेश,भारत । इन्भाईरोमन्ेट बाबाका उपनामले समेत चिनिने, चर्चित भारतीय धर्मगुरु अरुण गिरीजी महाराजले नेपाललाई छिटो राजसंस्था सहितको हिन्दु अधिराज्य बनाउनुपर्ने सुझाव दिनु भएको छ । भारतस्थित नेपाली कामगार सेनाका परिकल्पनाकार, संस्थापक तथा संचालक राजठाकुर मिष्टर थापालाई आफ्नो ऋषिकेश आश्रममा हालै दर्शनभेट दिदै चर्चित भारतीय धर्मगुरु अरुण गिरीजी महाराजले नेपालको स्थायित्व, शान्ति र विकासका लागि राजसंस्था सहितको हिन्दु अधिराजय हुनुपर्ने बताउनु भएको हो ।
नेपाली कामगार सेनाका प्रमुख मिष्टर थापाले प्रसिद्ध व्यापारी र समाजसेवीहरुको टोली सहित भारतको ऋषिकेशमा अवस्थित चर्चित भारतीय धर्मगुरु अरुण गिरीजी महाराजका आश्रममा पुगेर गुरुको दर्शन गरी आर्शिवाद लिनु भएको हो । चर्चित भारतीय धर्मगुरु अरुण गिरीजी महाराजले मिष्टर थापाको अभियानको प्रशंसा गर्दै सफलताको शुभेच्छा समेत दिनु भएके थियो । सो अवसरमा गुरुमहाराजको दर्शन गरी आर्शिवाद लिदै मिष्टर थापाको टोलीले स्थानीय गंगा नदीमा स्नान तथा पूजापाठ समेत गरेको थियो ।
अनन्त श्री विषूषित श्रोत्रिय व्रम्हनिष्ठ श्री परमहंस परिवज्रकाचार्य श्री श्री १००८ आवाहान पीठाधिश्वर आचार्य महामण्डलेश्वर परमपूज्यपाद स्वामी अवधूत वावा अरुण गिरी महाराजले निकट भविष्यमा पशुपतिनाथको देश नेपालको छिट्टै भ्रमण गर्ने वचन पनि दिनु भएको छ । कामगार सेनाका प्रमुख मिष्टर थापासंगको दर्शनभेटकै क्रममा आफू नेपाल भ्रमणका लागि ईच्छुक रहेको बताउनु भएको जनाईएको छ । नेपालमा हुन गैरहेको आम चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न होस भन्ने चाहना समेत चर्चित भारतीय धर्मगुरु अरुण गिरीजी महाराजले व्यक्त गर्नु भएको छ ।
विश्वमा नेपालाई हिन्दु अधिराज्य, शान्ति क्षेत्र र राजसंस्थासहितको देशका रुपमा चिनाउन कामगार सेनाका प्रमुख मिष्टर थापा लामो समयदेखि अभियान चलाईरहनु भएको छ । उहाँले भारतका बिभिन्न स्थानमा रहेर काम गर्ने नेपालीहरुको हक, अधिकार र सुरक्षा तथा सेवामा आफ्नो सिंगो जीवन अर्पण गर्दै आउनु भएको छ ।



