+

कैलाली–२ बाट रास्वपाका केपी खनाल विजयी

२४ फाल्गुन २०८२, आईतवार ०९:२९

धनगढी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार केपी खनाल विजयी भएका छन्।

निर्वाचन परिणामअनुसार खनालले १९ हजार ५७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरीलाई पराजित गरेका हुन्। चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार सूर्यबहादुर थापाले सात हजार ८८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वारले सात हजार २१३ मत पाएका छन्।

मतगणनाको अन्तिम परिणामसँगै खनाल कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।