+

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२७ फाल्गुन २०८२, बुधबार ०५:३६

काठमाडौं। मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ।

हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो। सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।