धनुषा । धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका अन्दाजी २८ वर्षीय इन्द्रदेव महतो रहेको प्रहरीले जनाएको छ।
आइतबार बर्दिवास–सिन्धुली सडकखण्ड अन्तर्गत पर्ने धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा सिन्धुलीतर्फ जाँदै गरेको मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश–२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते महतोलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अर्का मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी ४० वर्षीय सन्तोष कार्की घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।


