काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध कोकिन ३३ ग्राम, खैरो हेरोइन ७९ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित ११ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उक्त ब्यूरोबाट खटिएको प्रहरीले गोरखा पालुङटार नगरपालिका-९ ठेगाना भएका २७ वर्षीय सुनिल लामा, झापा मेचीनगर नगरपालिका-९ ठेगाना भएका ३१ वर्षीय विवेक गौतम, भारत भुपालपुरा थाना-२९ ठेगाना भएका २७ वर्षीय हर्षित डाँगी र भारत राजस्थान जयपुर आदर्शनगर थाना ठेगाना भएका ३९ वर्षीय मानिक गुलाटीलाई अवैध लागूऔषध कोकिन ३३ ग्राम सहित पक्राउ गरेको हो ।
यसैगरी इलाम देउमाई नगरपालिका-७ ठेगाना भएका २८ वर्षीय सुजन पाख्रिन, झापा झापा गाउँपालिका-४ ठेगाना भएका मिन कुमार चाहार र झापा शिवसताक्षी नगरपालिका-४ ठेगाना भएका ४० वर्षीय आशिष भन्ने भगवती राईलाई अवैध लागूऔषध खैरो हेरोइन ७९ ग्राम सहित पक्राउ गरेको हो । यस्तै नुवाकोट विदुर नगरपालिका-८ ठेगाना भएका २८ वर्षीय अनिल तामाङ, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-२ ठेगाना भएका २२ वर्षीय प्रदिप थापा मगर, नुवाकोट लिखु गाउँपालिका-४ ठेगाना भएका २३ वर्षीय सरोज राई र मनाङ घर भएका २६ वर्षीय सुमन गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-२ सरदार टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ७५ किलो ३ सय ३० ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-२ बस्ने ७० वर्षीय लक्ष्मी सरदार, उनकै बुहारी ४२ वर्षीया देवकी सरदार र भारत विहार राज्य अररिया तिन खम्बा बेलहा बस्ने २६ वर्षीय सहवाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले देवकीको घरमा रहेको पसलबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-८ लिंक रोडस्थित समर होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ट्याब्लेट सहित भारत विहार मोतिहारी थाना सिकटा भेलाही बस्ने २० वर्षीय सागर कुमार पटेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर १०५ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
धादिङ, गल्छी गाउँपालिका-७ गल्छी बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १७ किलो ४ सय १० ग्राम र चरेस जस्तो देखिने वस्तु २ किलो ५० ग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका-७ बस्ने ३२ वर्षीय संगम श्रेष्ठ, बाँके कोहलपुर नगरपालिका-१० बस्ने २० वर्षीय छोटु अन्सारी र बाँके कोहलपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय साहिद अलि रहेका छन् । प्रहरी चौकी बैरेनी र प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित जानकी गाउँपालिका-२ बडरिया बस्ने २६ वर्षीय राजन ठकुल्लालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.५ प ७४५५ नम्बरको मोटरसाइकल चालक राजनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-११ सिबपुर बस्ने २० वर्षीय लख्खन चौधरी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१० प ७२६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जोशिपुर गाउँपालिका-७ घैला बौनिया बस्ने ३० वर्षीय तेज बहादुर मौनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकास शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २५ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-५ बस्ने ३७ वर्षीय अजय कुमार लिम्बु, ६२ वर्षीया खदी देवी मुखिया र ३३ वर्षीया सपना कपाली रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ ओझाखाली बस्ने ३२ वर्षीय इश्वर डगौरा र बेदकोट नगरपालिका-५ बिचफाँटा बस्ने २५ वर्षीय आकाश डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२-००३ प २३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-५ खजुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम ३ सय ३० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-२ बस्ने २८ वर्षीय सुवाश पाण्डेलाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ खानीखोलाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६५ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आँबुखैरेनी गाउँपालिका-२ नारीघाट बस्ने २७ वर्षीय राहुल खाती सुनार र सोही गाउँपालिका-३ थुम्की चौतारा बस्ने २५ वर्षीय शोभा गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट र डाइक्लोमाइन ८१ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरीशनिश्चरे नगरपालिका-७ लामाटोल डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका २४ वर्षीय रूपन राई र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय शिशिर बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-५ कृष्ण मन्दिर नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३३ हजार रूपैयाँ सहित सोही नगरपालिका-५ कार्कीवाडा बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित आयल निगम नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २९ मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका-२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, जानकी गाउँपालिका-६ ओडारपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-२० बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जानकी गाउँपालिका-६ बस्ने २९ वर्षीय राहुल बर्माको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम फेला पारी राहुल तथा लागूऔषध खरिद गर्न आएका नेपालगंज उपमहानगरपालिका-२० बस्ने ४२ वर्षीय जाकिर कुर्मी र ३० वर्षीय साहरूख खान बेहनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ भवानीपुरबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने ३३ वर्षीय अकबर अलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


