+

वास्तविक बसोबासविहीन व्यक्ति फेला नपरेको नगर प्रहरी प्रमुख जोशीको दाबी

१२ बैशाख २०८३, शनिबार १२:३४

काठमाडौं । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला नपरेको बताएका छन् ।

उनले भने, ‘अहिलेसम्म वास्तविक होमलेस भेटेक छैनौं। जो असक्त, वृद्ध, गर्भवती महिलाहरू हुनुहुन्थ्यो, उहाँहरूले जहाँ जान्छु भन्नुभयो, त्यहीँ पठाएका छौं। ठाउँ छैन भनेर एकजना पनि आउनुभएको छैन । दुईवटा परिवारलाई बिरामी भएर अस्पताल पु¥याएका छौं । उहाँहरूको सामान पुर्याउन चारवटा ट्रक पनि परिचालन गरेका छौं। भित्र ट्रस, टहराहरूबाट सामान बाहिर निकाल्ने काम भइरहेको छ ।’

उनले थपे, ‘होमलेस नभएकाहरु सबै आ–आफ्नो गन्तव्यतिर लागिरहनुभएको छ। कोही होमलेस हुनुहुन्छ भने आउनुस् भन्दा कोही आउनुभएकै छैन ।’

नगर प्रहरी प्रमुख जोशीका अनुसार संघीय प्रहरीको संख्या यकिन नभए पनि काठमाडौं महानगरपालिकाले दुई सय नगर प्रहरी परिचालन गरेको छ ।