काठमाडौँ । संसदका विपक्षी दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो ।
विपक्षी दलमध्ये श्रम संस्कृति पार्टी भने बैठकमा उपस्थित भएको थिएन । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुईवटा अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।


