+

सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

२० बैशाख २०८३, आईतवार १६:२८

काठमाडौं । जिल्ला अदालत सर्लाहीबाट रामबहादुर बम्जनले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन् ।

लिटिल बुद्धको नामले चर्चित उनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते सफाइ दिएको हो।

उनीविरूद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको थियो । अदालतको फैसलासँगै उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ।

बम्जनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० पुस २४ गते पक्राउ गरेको थियो।

पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद समेत प्रहरीले बरामद गरेको थियो।

बम्जनविरुद्ब बाल यौन दुरूपयोगको कसुर भने सर्वोच्च अदालतमा विचाराधीन नै छ।