+

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

२४ बैशाख २०८३, बिहीबार १७:५७

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत पत्नी अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ।

उनीसहित जानुका पाठक भनिने शोभालाई माइती घर मण्डलमा कुटपिट गरेको आरोपमा मुद्दा चलाइएका १० जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।

पाठकले अम्बिकासहित १० जनाले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरि दिएपछि म्याद थपेर मुद्दा चलाएकफो थियो।

महेश पत्नी अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई अदालतले जनही ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ। अन्य आठ जनाको हकमा भने २५/२५ हजार रुपैयाँ धरौटी तोकिएको छ।

अन्यमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, निता खत्री, सबिना केसी र कमला बस्नेत रहेका छन्।