+

गुडिरहेको कारमाथि ढुंगा खस्दा आगलागी

२४ बैशाख २०८३, बिहीबार १८:०४

​चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा गुडिरहेको कारमाथि ढुंगा खस्दा आगलागी भएको छ।

आज दिउँसो मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनखोला नजिकै कारमाथि ढुंगा खस्दा आगलागी भएको हो।

​चितवन प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको आगो नियन्त्रणमा लिइएको थियो। मानवीय क्षति पुनबाट जोगिएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आइसकेको छैन।