+

राजनीतिमा जीवनी लेख्न हाेइन, इतिहास लेख्न आएकाे हुँ : रवि लामिछाने

२७ बैशाख २०८३, आईतवार १५:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूहरू इतिहास लेख्ने यात्रामा रहेको बताएका छन्।

पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको बताएका हुन्।

‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ। नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन। सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन। तर, मुलुकलाई एउटा कस्तो नेतृत्व दिँदैछौं भन्ने ठूलो कुरा होइन,’ उनले भने।

उनले आफू पार्टीको सभापति, सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न हिँडेको व्यक्ति नभएको प्रतिक्रिया दिएका छन्। उनले त्यस्तो भ्रममा कसैलाई नपर्नसमेत आग्रह गरेका छन्।

उनले आफूलाई जीवनीमा ठूलो इच्छा नभएको र जीवनी लेख्नु ठूलो कुरा नरहेको बताउँदै इतिहास लेख्ने यात्रामा रहेको दाबी गरे।

रास्वपाका सांसदहरू नयाँ भएको कारणले मात्रै नभइ सधैँ सिक्ने र सिकाउने प्रक्रिया जीवनको एक अभिन्न अंग भएको उनको भनाइ थियो।