+

मुआब्जा विवाद समाधान भएसँगै हेटौँडा–ढल्केवर प्रसारण लाइनको काम शुरु

१ जेष्ठ २०८३, शुक्रबार १५:४२

काठमाडौँ । हेटौँडा–ढल्केवर–दुहवी चार सय केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–ढल्केवर खण्डको निर्माणकार्य अघि बढेको छ।

मुआब्जा र जग्गा विवादका कारण लामो समयदेखि प्रसारण लाइनको काम अघि बढ्न सकेको थिएन । सरोकारवाला निकाय र उर्जा मन्त्रालयको समन्वयका कारण जग्गाधनीले मुआब्जा पाएसँगै प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको विद्युत प्राधिकरणले जनाएको छ।

हेटौँडाको हटिया क्षेत्रमा प्रसारण लाइनको काम रोकिँदा आयोजना अलपत्र परेको थियो ।उक्त प्रसारण लाइन निर्माणको काम सन् २०१२ देखि सुरु भएको हो । आयोजनाको ढल्केवर–इनरुवा खण्ड भने तीन वर्षअघिदेखि नै सञ्चालनमा रहेको छ।