काठमाडौं । राष्ट्रियसभाको बैठक आज सोमबार बस्ने भएको छ । बैठक सिंहदरबारमा दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि शुरु हुने बैठकमा आगामी आर्थिक बर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।


