+

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री

१७ जेष्ठ २०८३, आईतवार १४:०७

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीबाट लिपुलेक, लिम्पियाधुराको विषयमा उठाएको प्रश्नको जवाफमा उनले सो जवाफ दिएका थिए ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा कूटनीतिक संवादमार्फत समाधान गर्ने र त्यसमा बेलायताको पनि राय सुझाव लिने बताएका छन् ।