काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै राप्रपाका केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरू गरी १८३ जनाले पार्टी परित्याग घोषणा गरेका हुन्।
पदाधिकारीहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्यलगायत छन्।








