+

परराष्ट्रमन्त्री खनाल भोलि भारत भ्रमणमा जाँदै

२१ जेष्ठ २०८३, बिहीबार १७:१५

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भोलि (शुक्रबार) छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

यसअघि जेठ २३ गते नै भारत जाने तयारी भए पनि केही प्राविधिक कारणवश भ्रमण तालिकामा सामान्य फेरबदल भएको मन्त्रालयले जनाएको छ । नयाँ कार्यतालिकाअनुसार उनी शुक्रबार नै नयाँ दिल्लीतर्फ प्रस्थान गर्नेछन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना भारतीय समकक्षी एस. जयशंकरलगायत त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।