चितवन । पूर्व पहाडी जिल्ला दोलखाका माननीय द्धय जगदीश खरेल र स्मृति सेन्चुरी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यका बलिया दाबेदार बनेका छन । पार्टीको चितवनमा जारी प्रथम महाधिवशेनबाट निर्वाचित केन्द्रीय सदस्य बन्न साँसद द्धय खरेल र सेन्चुरीले आआफ्नो उमेद्धवारी घोषणा गरेका छन ।
प्रत्यक्ष निर्वाचित साँसद जगदिस खरेल दोलखामा पार्टी बिस्तार गर्न निर्णायक नेतृत्व र भूमिका खेल्दै आएका जुझारु र प्रष्ट वक्ताका रुपमा परिचित र लोकप्रिय छन । पार्टी स्थापना कालदेखि नै संघर्षपूर्वक संगठन बिस्तारमा अहोरात्र खटिदै आएका खरेल लोकप्रिय भएकै कारण माननीय निर्वाचित भएका छन । पार्टी केन्द्रमा समेत बसेर सांगठानिक कामलाई पनि तिव्रता दिन उनले केन्द्रीय सदस्यमा उमेद्धवारी दिएका हुन ।

यस्तै, दोलखाकै समानुपातिक तर्फकी प्रभावशाली युवा साँसद स्मृति सेन्चुरीले पनि दलित क्लष्टरबाट केन्द्रीय सदस्यमा उमेद्धवारी दिएकी छन । सेन्चुरी संसदमा दमदार प्रस्तुती दिने माननीयका रुपमा परिचित छिन । जेनजी पुस्ताकी प्रतिनिधि समेतका रुपमा उनले रास्वपाको केन्द्रीय सदस्यमा उमेद्धवारी दिएकी हुन् ।

यस्तै, दोलखाकै लोकप्रिय रास्वपाकर्मी, महिला नेतृ संगीता पाख्रिन पनि केन्द्रीय सदस्यको बलियो दाबेदारका रुपमा महाधिवेशनको चुनावी मैदानमा उत्रेकी छन । खुल्ला केन्द्रीय सदस्यका अर्का आकाँक्षीमा जोशिला युवा राजु खत्रीले पनि दाबी गरेका छन् ।

दोलखाले पार्टी महाधिवेशन मार्फत दोलखालीलाई केन्द्रीय सदस्य बनाउने यो पहिलो अवसर पनि हो । दोलखाले चुनावमा पनि सानदार विजय हासिल गरेकोले दोलखाका दुबै माननीय खरेल र सेन्चुरीलाई चितवन महाधिवेशनले केन्द्रीय सदस्यको नयाँ पार्टी जिम्मेवारीमा पनि विधिवत विजय गराउने आम दोलखालीहरुको विश्वास रहेको छ ।
दोलखाबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा विस्वस्त रहेका माननीय द्धय खरेल र सेन्चुरी लगायत उमेद्धवारहरुले महाधिवेशनमा सहभागि प्रतिनिधिहरुको मन र विश्वास जित्ने आँकलन गरिएको छ ।
सन्तोष खड्का ।


