+

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१५ असार २०८३, सोमबार ११:३४

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।