ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ । पराजुलीको निधनको शोकमा अदालतले आजका लागि तय भएका सम्पूर्ण मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ ।
अदालतले एकसूचना जारी गर्दै उपरजिस्ट्रार पराजुलीको निधनले अदालत परिवार शोकमा डुबेकाले आजका सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएको छ ।
अदालतले स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई सुनुवाइ स्थगित भएको जानकारी गराएको छ ।



