काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भएको छ । मंगलबार४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।


