+

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

१८ असार २०८३, बिहीबार १५:५१

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावक सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।