एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ सैनिक मारिएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन् ।
सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेय्स जिल्लामा शनिबार बिहानको समयमा ‘केही घण्टासम्म चलेको झडप’ पछि आक्रमणलाई साम्य पार्न सफल भएको त्यहाँको प्रशासनले जनाएको छ।
विरोधी पक्षमा कति मारिए भन्ने सङ्ख्या नखुलाइकन लडाईमा हुथी समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीले बताएका छन् ।
हुथी विद्रोहीहरू सन् २०१५ देखि सरकारसँग युद्धमा छन् । यो द्वन्द्वले लाखौँ मानिसको ज्यान लिएको छ र यमनमा ठूलो मानवीय सङ्कट निम्त्याएको छ।


