काठमाडौं । सरकारले कृषि क्षेत्रसँग सम्बन्धित रहेर एकीकृत कृषि ऐन बनाउने तयारी गरेको छ । यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले विधेयक तयार पारेर अगाडि बढाएको छ ।
‘कृषि विधेयक तयार गरी राय सुझावका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ,’ कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जानकारी दिइन् ।
मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको राष्ट्रिय सभामा जवाफ दिने क्रममा उनले यसबारे जानकारी दिएकी हुन् ।


