+

बसभाडा तोकिएजस्तै कोठाभाडाको वैज्ञानिक मापदण्ड बनाउनुपर्छ : रमेश प्रसाईं

३० असार २०८३, मंगलवार १३:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले घरभाडाको वैज्ञानिक मापदण्ड बनाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एउटा सानो कोठाको भाडा १० हजार रुपैयाँ लिने गरिएको बताए ।

घरधनीको इच्छाले भाडा तोक्दा विद्यार्थीसहित त्यहाँ बस्नेलाई समस्या भएको उनको भनाइ छ ।

‘के तीन तहको सरकार तीनतले घर हुनेको मात्रै हो, सभामुख महोदय ? समानमा प्राइज ट्याग टाँसेजस्तो घरको भित्तामा टाँस्नुपर्छ त भन्दिनँ, तर बसभाडा तोकिएजस्तै घरभाडा, कोठाभाडाको वैज्ञानिक मापदण्ड बनाउनैपर्छ’, उनले भने ।

ताजा अपडेट