+

संसद्‌मा २० मिनेट बसेर हिँडे प्रधानमन्त्री बालेन

३० असार २०८३, मंगलवार १५:३५

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट बसेर प्रधानमन्त्री बालेन शाह बाहिरिएका छन् । उनीसँगै सदनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बाहिरिएका छन् ।

प्रधानमन्त्री शाह र सभापति लामिछाने  बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरी करिब २० मिनेट बसेर बाहिरिएका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका थिए । तर उनी जवाफ नदिई बाहिरिएका हुन् ।

गत जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिने बेलामा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यो भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने नभए माफी माग्नुपर्ने सांसदहरूको माग छ ।

आजको बैठकमा प्रधानमन्त्री उपस्थित भएपछि जवाफ दिने आकलन गरिए पनि नदिई बाहिरिएका हुन् ।