+

‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा (तस्विरहरू)

१ श्रावण २०८३, शुक्रबार १२:५७

काठमाडौं। सरकारले हालै जारी गरेको नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ प्रति तीव्र असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरू सडक आन्दोलनमा उत्रिएका छन्।

शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिको आह्वानमा व्यवसायीहरूले शुक्रबारदेखि देशव्यापी आन्दोलनको सुरुआत गरेका हुन्।

आन्दोलनको पहिलो दिन काठमाडौँको मुख्य शैक्षिक केन्द्र मानिने पुतलीसडक चोकमा व्यवसायीहरूले विभिन्न प्लेकार्ड र ब्यानरहरू बोकेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा व्यवसायीहरूले ‘शिक्षा सेवा हो, अपराध होइन’, ‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ तथा ‘विद्यार्थीको भविष्य सुरक्षित बनाऔँ’ जस्ता नाराहरू लगाउँदै सरकारले ल्याएको नयाँ नियमावलीले यस क्षेत्रलाई व्यवस्थित गर्नुको साटो धराशायी बनाउन खोजेको आरोप लगाए।

संघर्ष समितिले नियमावलीका कतिपय प्रावधानहरू अव्यावहारिक र व्यवसायमैत्री नभएकाले तिनलाई तत्काल संशोधन वा फिर्ता लिनुपर्ने माग अघि सारेको छ।

तस्बिर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक