+

गोठाटारको काठ गोदाममा लागेको भीषण आगो नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

१७ श्रावण २०८३, आईतवार ०७:४१

काठमाडौं। काठमाडौं महानगरपालिका-३२ स्थित गोठाटारमा रहेको एक काठ गोदाममा शनिबार राति लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। शनिबार राति करिब साढे ९ बजे अचानक सुरु भएको आगलागी सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको हो।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँको टोली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जवानहरू र दमकल घटनास्थलमा खटिएका थिए। सुरक्षाकर्मी र स्थानीय बासिन्दाको अथक प्रयासपछि आगो थप फैलिन नपाई पूर्ण रूपमा निभाउन सफलता मिलेको छ।

आगलागी के-कति कारणले भएको हो भन्नेबारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबाट भएको भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ भने आगलागीको वास्तविक कारण पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

ताजा अपडेट