No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मास्टर्नीको ‘वैंशको गोली’

0

काठमाडौं । हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ गीत ‘वैंशको गोली’ सार्वजनिक गरेकी छन् । उनले सो गीत आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्द÷संगीत रहेको छ भने उक्त गीतलाई कृष्ण केसीको एरेञ्ज गरेका हुन, गीतमा टिका प्रशाई र हरी गिरी विमर्शीको स्वर छ । सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा अनितासँगै राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र सविना आचार्यले कम्मर मर्काएका छन् ।

गीतमा राजु र अनिता, मरिचमान र सविनाको जोडी बाँधिएको छ । उत्तम हुमागाईंले खिचेको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन र रंग संयोजन रहेको छ ।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार १३:२८

Leave a Reply