No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपहासचिव विष्णु पौडेल बालुवाटार पुगेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएपछि प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलबीच भएको यो पहिलो छलफल हो । सत्तारूढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद अघि बढाएका छन् । केही दिनअघि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका थिए ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार १४:०६

Leave a Reply