No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चलचित्र ‘कर्म’ को प्रदर्शन

0

काठमाडौं । बौद्ध कथामा आधारित ‘पटाचारा’ र ‘कृषा गौतमी’ को सफलतापछि गुण समूहले निर्माण गरेको नयाँ फिल्म ‘कर्म’ को प्रदर्शन शनिबारबाट गुण सिनेमा,ग्वार्काेमा सुरु भएको छ ।

बौद्ध कथा र नेपाल भाषामै निर्मित फिल्मको लेखन र निर्देशन रामकृष्ण खड्गीले गरेका हुन् भने राजेन्द्र शाक्य (दिजेन्द्र) निर्माता छन् । शनिबार बिहान आयोजीत विशेष शोमा फिल्मका प्रमुख अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन,निर्माता दिजेन्द्र,निर्देशक रामकृष्ण, निर्माता छबिराज ओझालगायतका कलाकर्मी उपस्थित थिए ।

फिल्ममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ,कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान,यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,लुनिभा तुलाधर,वत्स शाक्य,रजनी खड्गी,अन्नपूर्णेश्वरी श्रेष्ठ,रुमन जोशी,अजय श्रेष्ठ,सुशील शाक्य,राजु मानन्धर,पुरन सायमीलगायतले अभिनय गरेका छन् । निर्माता दिजेन्द्रले ‘कर्म’ बाट हुने सम्पूर्ण आम्दानी पनि बौद्ध बिहारहरुको जिर्णाेद्धार,संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै बिभिन्न समाजीक संस्थालाई प्रदान गरिने बताउदै फिल्म अब एक महिना निरन्तर गुण सिनेमा प्रदर्शन हुने जानकारी दिए ।

लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य छन् । रामकृष्ण,बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण बंशीले गरेका हुन् । फिल्मको माध्यमबाट आफ्नो भाषा,संस्कृति,परम्परा तथा दर्शनको संरक्षण गर्दै समाजसेवामा पनि टेवा पुर्याउने लक्ष्य गुण समूहको छ । निर्माण समूहले यसअघिका ‘पटाचारा’ र ‘कृषा गौतमी’ बाट आर्जित धन पनि सामाजीक कार्यमा खर्चिएको थियो ।

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार ०८:५१

Leave a Reply